काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न अस्वीकार गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले रिहा गर्न अस्वीकार गर्दै कारण देखाऊ आदेश दिएको हो ।
अध्यक्ष ओलीलाई गैरकानूनी थुनामा राखिएको भन्दै पत्नी राधिकाले आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा पनि कारण देखाऊ आदेश जारी गरेको थियो ।
जेनजी आन्दोलनको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
