खोटाङमा बाँदरपीडित किसानको विरोध प्रदर्शन

खोटाङ । खोटाङमा बाँदर नियन्त्रणको माग गर्दै किसानले सोमबार दिक्तेल बजारमा निकालेको विरोध प्रदर्शन गरेका छन् । बाँदरको समस्या समाधान गर्न हलो, जुवा, दाँते र कोदालोसहित प्रदर्शन गर्दै किसानले सरकारसँग प्रभावकारी समाधानको माग गरेका हुन् ।

नाराबाजी गर्दै दिक्तेलबजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेको किसानको टोलीले प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बाँदर नियन्त्रणको माग राखेका छन् ।
तस्बिरः केदार मगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *