चीनमा स्वेच्छिक अङ्गदाताको सङ्ख्या ७३ लाख नाघ्यो

बेइजिङ । चीनमा स्वेच्छिक रूपमा अङ्गदान गर्ने व्यक्तिको सङ्ख्या ७३ लाखभन्दा बढी पुगेको चीनको अङ्गदान प्रशासन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार हालसम्म करिब ६५ हजारभन्दा बढी व्यक्तिहरूबाट मृत्यु पश्चात् अंगदान भएको छ । यसबाट दुई लाखभन्दा बढी बिरामीहरूको जीवन बचाइएको छ भने एक लाखभन्दा बढी मानिसको दृष्टि पुनःस्थापित गरिएको छ ।

यसैगरी, चीनमा ६९ हजारभन्दा बढी पूर्ण शरीर दानसमेत सम्पन्न भइसकेको जनाइएको छ । अङ्गदाताहरूको सम्मानमा चीनभर ३८० भन्दा बढी स्मारक स्थलहरू स्थापना गरिएका छन् । हरेक वर्ष चिङमिङ पर्वको अवसरमा ती स्थानहरूमा अङ्गदाताहरूको सम्झनामा विशेष कार्यक्रमहरू आयोजना गरिन्छ ।

चीनले सन् २०१० मा मृत्यु पश्चात् अङ्गदानसम्बन्धी परीक्षण कार्यक्रम सुरु गरेको थियो भने सन् २०१३ देखि यसलाई देशव्यापी रूपमा विस्तार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *