जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा सुरक्षा क्षेत्र थप विस्तार गर्न सेनालाई आदेश दिएको बताएका छन् ।
“लेबनानमा मैले सेनालाई विद्यमान सुरक्षा क्षेत्र थप विस्तार गर्न आदेश दिएको छु,” नेतान्याहूले एक भिडियो वक्तव्यमा भनेका छन् ।
उनले भने, “यसको उद्देश्य दुश्मन (हिजबुल्लाहका लडाकू)को आक्रमणको खतरालाई प्रभावहीन बनाउनु र एन्टी–ट्याङ्क मिसाइल फायरलाई सीमाबाट टाढा पुर्याउनु हो ।”
नेतन्याहूले उत्तरी कमान्डको भ्रमणका क्रममा भने, “हिजबुल्लाह समूह इजरायली सेनाबाट गम्भीर रूपमा प्रभावित भएको छ तर अझै पनि इजरायलमा रकेट प्रहार गर्ने ‘अवशिष्ट क्षमता’ कायम राखेको छ।”
उनले भने, “इरान अब पहिलेको इरान रहेन, हिजबुल्लाह अब उही हिजबुल्लाह रहेन र हमास अब पहिले उही हमास रहेन।”
उनले थपे, “यी अब हाम्रो अस्तित्वलाई खतरामा पार्ने आतङ्कवादी सेनाहरू होइनन् – तिनीहरू पराजित शत्रुहरू हुन् र आफ्नै अस्तित्वको लागि लडिरहेका छन्।” “हामी दृढ छौँ, हामी लडिरहेका छौँ, र भगवान्को सहयोगमा हामी जीतिरहेका छौँ,” नेतान्याहूले भने।
