जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

नयाँदिल्ली । जम्मु कश्मीर नजिकैको अग्लो पाहाडी पास जोजिला पासमा हिम–पहिरो जाँदा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै र पाँच जना घाइते भएको स्थानीय अधिकारीले शनिबार पुष्टि गरेका छन् ।

प्राकृतिक प्रकोप पछि धेरै सवारी साधनहरू भग्नावशेष मुनि फसेको जनाउँदै दुर्घटना पछि हालसम्म राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको मिडियाले रिपोर्ट गरेका छन् ।

पछिल्लो मिडिया रिपोर्टका अनुसार शवहरुको बरामद र घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिए सँगै उद्धार कार्य सम्पन्न भइसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *