मुस्ताङ एयरको हेलिकप्टर दोलखामा सुरक्षित फेला

काठमाडौँ । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ ।

मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले दोलखाको लाप्चामा उक्त हेलिकप्टर सुरक्षित भेटिएको जानकारी दिए । क्याप्टेन सुरज थापाको कमाण्डमा रहेको नाइन एन–एएनओ हेलिकप्टर लाप्चामा सुरक्षित अवतरण गरेको उनले बताए ।

दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण–पूर्वमा पर्छ । प्रबन्ध निर्देशक लामिछानेले सुरक्षित भेटिएको उक्त हेलिकप्टर भोलि मात्र काठमाडौँ फर्कने बताए । उक्त हेलिकप्टरमा चालक दलका सदस्यसहित पाँच जना सवार रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *