नवनियुक्त मन्त्रीहरुले पनि लिए शपथ

काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार मध्यान्ह राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । यसअघि प्रधानमन्त्री बालेन साहले प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रधानमन्त्री बालेन साले रक्षा र उद्योग मन्त्रालयसमे सम्हालेका छन् । त्यस्तै डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुदन गुरुङले गृह मन्त्रालय, शिशिर खनाल परराष्ट्र, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय, विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, खड्कराज पौडेल (गनेश) पर्यटन, सस्मित पोखरेल शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद, निशा मेहता स्वास्थ्य तथा जनसंख्या, विक्रम तिमिल्सिना सञ्चार, प्रतिभा रावल सामान्य प्रशासन मन्त्रालय, दीपक साह श्रम, सोविता गौतम कानुन र सीता वादीले महिला, बालबालिका मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यसअघि उद्योगमन्त्रीमा अमरेश सिंहको नाम आएपनि पछि उनको नाम काटिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *