ट्रम्पद्वारा इरानको ऊर्जा संरचनामाथि आक्रमण स्थगित

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमाथि सम्भावित आक्रमण स्थगित गर्ने निर्णयलाई पुनः लम्ब्याएका छन् ।

तेहरानसँग जारी वार्तामा प्रगति भएको जनाउँदै उनले नयाँ समयसीमा घोषणा गरेका हुन् । ट्रम्पले मार्च २६ मा ट्रुथ सोसलमार्फत ऊर्जा प्लान्ट ध्वस्त पार्ने प्रक्रिया १० दिनका लागि स्थगित गर्दै अप्रिल ६,साँझ ८ बजेसम्मका लागि म्याद थपिएको जानकारी दिएका छन् ।

उनले वार्ता सकारात्मक रूपमा अघि बढिरहेको छ र विभिन्न माध्यमबाट आएका नकारात्मक दाबीहरू सत्य नभएको बताएका छन्।

यसअघि मार्च २१ मा ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज हुँदै व्यावसायिक आवागमन पुनः सञ्चालन गर्न अल्टिमेटम दिएका थिए।

अन्यथा ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । मार्च २३ मा उनले वार्ता सकारात्मक रहेको जनाउँदै पहिलोपटक समयसीमा थपेका थिए भने पछिल्लो घोषणासँगै यो दोस्रोपटक स्थगन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *