काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को शुक्रबार हुने भनिएको निर्वाचन स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित भएको हो ।
एन्फा निर्वाचन समितिले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म निर्वाचन स्थगित गरिएको जनाएको हो ।
राखेप कार्यकारी समितिको बुधबारको बैठकले निर्देशन पालना नगरेको भन्दै पंकज विक्रम नेम्बाङ नेतृत्वको एन्फामाथि ३ महिनासम्मका लागि निलम्बन गरेको थियो ।

