संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ४ बजे बस्नेछ ।

बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन गरिने रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले पार्टी वरिष्ठ नेता बलेन्द्र शाह (बालेन)लाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *