बागलुङमा नौ महिनामा १८ क्षयरोगीको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा चालु आर्थिक वर्षको नौ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार नगर्दा समुदायमा सङ्क्रमण फैलिएसँगै मृत्युदर पनि बढ्को जनाएको छ । गत वर्ष २६४ जना सङ्क्रमति हुँदा १९ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । यसवर्ष १४४ सङ्क्रमित हुँदा हालसम्म अठार जनाले ज्यान गुमाएका हुन् ।

घिमिरेका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी गलकोट नगरपालिकाका छन् । गलकोटमा आठ जना संक्रमितको मृत्यु भएको छ । बडिगाड गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा दुई, निसीखोला, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक/एकजना रहेको उनले जानकारी दिए ।

प्रदेश जनस्वास्थ्य कार्यालयले परीक्षणको दायरा बढाउँदै जाँदा सङ्क्रमित फेला पर्न थालेको घिमिरेले बताए । विकट बस्तीसम्म क्षयरोगसम्बन्धी जनचेतना नपुग्दा सङ्क्रमक्रण न्यूनीकरण गर्न समस्या भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *