रवि लामिछानेले कास्की अदालतमा तारेख धाउनु नपर्ने

पोखरा । जिल्ला अदालत कास्कीले रास्वपा सभापति रवि लामिछानेले तारेख धाउनु नपर्ने आदेश दिएको छ । आइतबार लामिछानेले तारेखमा नबस्ने अनुमति पाउँ भनी अदालतमा निवेदन दिएका थिए ।

आइतबार दर्ता भएको उनको निवेदन उपर मंगलबार सुनुवाइ गर्दै जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठले माग बमोजिम हुने फैसला गरेका हुन् ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा सबैभन्दा पहिले अभियोग पत्र दायर भएको कास्की जिल्ला अदालतले यस्तो आदेश दिएको हो । गत पुसमा लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले रविसहित ६३ जनालाई विपक्षी बनाएर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो ।

रवि त्यतिबेला अदालतमा ६५ लाख रुपैयाँ धरौटी राखेर रिहा भएका थिए । धरौटीमा छुटे पनि लामिछाने कास्की अदालतमा पेसी बुझ्न आइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *