हङकङ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध र धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् ।
इजरायल र संयुक्त राज्य अमेरिकाले ‘विजय हासिल गरिरहेको र इरानलाई ध्वस्त पारिरहेको छ’ भन्दै नेतान्याहूले भने, ‘इस्लामिक गणतन्त्रसँग युरेनियम प्रशोधन गर्ने वा ब्यालेस्टिक क्षेप्यास्त्र उत्पादन गर्ने क्षमता छैन ।यो युद्ध मानिसहरूले सोचेभन्दा धेरै छिटो समाप्त हुँदैछ ।’
नेतन्याहूले भन,’इजरायलले संयुक्त राज्य अमेरिकालाई हर्मुजलाई सुरक्षित गर्ने प्रयासमा मद्दत गर्नेछ, जसमार्फत विश्वव्यापी तेल र ग्यासको पाँच भागको एक भाग प्रवाह हुन्छ।’
वासिङ्टनले फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु भएको युद्ध अन्त्य गर्ने कुनै समयसीमा नभएको बताएपछि नेतन्याहुको भने फरक टिप्पणी आएको हो।
नेतन्याहूको टिप्पणी अघि तेहरानले आफ्नो दक्षिण पार्स क्षेत्रमा इजरायलको आक्रमणको बदलामा खाडी वरपरका धेरै ऊर्जा स्थलहरूमा आक्रमण गरेपछि कच्चा तेल (इन्धन) को मूल्य ११९ डलर प्रति व्यारेलसम्म पुगेको थियो।
इरानको ग्यास क्षेत्रमा आक्रमण गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा गरेको छ कि छैन भन्ने प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले भने, ‘मैले कुरा गरेको छु। मैले इजरायली अधिकारीलाई इन्धन उत्पादन तथा प्रशोधनस्थललाई निशाना नबनाउन आग्रह गरेको छु र उसले त्यसो गर्दैन।’
