रोएटर्स । अमेरिकाले इराजनविरुद्ध जारी सैन्य अभियान सुदृढ गर्न हजारौँ सैनिक तैनाथ गर्ने विकल्पमाथि विचार गरिरहेको छ । इरानविरुद्धको युद्ध तेस्रो सातामा प्रवेश गरिरहेका बेला अमेरिकी सेनाले आगामी रणनीतिक कदमका लागि तयारी तीव्र पारेको स्रोतहरूले बताएका छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार हर्मुज हुँदै तेल ट्यांकरहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने विकल्प प्राथमिकतामा परेको छ। यसका लागि हवाई र नौसैनिक शक्ति प्रयोग गरिने भए पनि आवश्यक परे इरानको तटीय क्षेत्रमा स्थलगत सेना तैनाथ गर्न सकिने बताइएको छ ।
यसैबीच ट्रम्प प्रशासनले खार्ग टापुमा स्थलगत सेना पठाउने सम्भावनाबारे पनि छलफल गरेको छ । उक्त टापु इरानको ९० प्रतिशत तेल निर्यातको केन्द्र हो। तर अधिकारीहरूका अनुसार यस्तो कदम अत्यन्त जोखिमपूर्ण हुन सक्छ, किनकी इरानसँग मिसाइल र ड्रोनमार्फत त्यहाँ आक्रमण गर्ने क्षमता रहेको छ । युद्धका क्रममा १३ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ भने करिब २०० घाइते भएका छन्।
