सुन तोलाको ३ लाख ९ हजार ५ सय रुपैयाँ

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघक अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँ बढेको छ ।

आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ घटेको छ ।

आइतबार प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *