बग्दाद । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासमा इरानले मिसाइल आक्रमण गरेको छ । दूतावासको परिसरभित्र मिसाइल लागेको इराकी अधिकारीहरुले जनाएका छन् ।
विष्फोटपछि अमेरिकी दूतावासको भवनबाट धुवाँ उडेको देखिएको छ । क्षतिको पूर्ण विवरण आएको छैन । अमेरिका–इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता मध्यपूर्वमा युद्ध चर्किएको छ ।
इरानले खाडी मुलुकमा रहेका अमेरिकी दूतावास र सैनिक बेसक्याम्पलाई लक्षित गरी आक्रमण गरिरहेको छ ।
