जेनेभा । संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले मध्यपूर्व युद्धमा फसेका केही जोखिममा रहेका आप्रवासीहरूलाई इरान छोड्न मद्दत गरिरहेको बताएको छ । सयौं अन्यलाई सहयोग गर्न अनुरोध प्राप्त भएको उक्त निकायले जनाएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले ठूलो बमबारी र सामूहिक विस्थापनका कारण इरानमा आप्रवासीहरु अत्यधिक जोखिममा रहेको जनाएको छ ।
आइओएमले सङ्कटमा परेका आप्रवासी र अन्य तेस्रो देशका नागरिकलाई सहयोग गर्न आफू तयार रहेको बताएको छ ।
आइओएमका पुनर्वास तथा आवागमन व्यवस्थापन निर्देशक डेभिड जोनले जेनेभामा पत्रकारहरूसँग भने, “हामीले केही आप्रवासीहरूलाई इरानबाट घर फर्कन सहयोग गरिसकेका छौँ ।”
“अहिलेसम्म सयौँ अनुरोधहरू प्राप्त भइसकेका छन् र यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ,” सहयोग गरिएका व्यक्तिको राष्ट्रियताको विवरण वा सहयोगको अनुरोध गोप्य राख्न आग्रह गरे ।
जोनले आप्रवासीहरुको गृह देशबाट आउने सहयोगका लागि अनुरोध चाँडै नै हजारौँमा आउन सक्ने बताए ।
इरानमा फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त आक्रमण सुरु भएदेखि युद्ध यस क्षेत्रभरि फैलिएको छ। यसले विश्वका शक्तिहरूको ध्यान आकर्षित भएको छ र युद्धका कारण ठूलो इन्धन सङ्कट निम्तिएको छ।
संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय यूएनएचसीआरले भनेको छ, “इरानबाट ३२ लाख मानिसहरू विस्थापित भएका छन्।” उनीहरू केही शरणार्थी परिवारहरू थिए जो ‘विशेष गरी जोखिममा थिए, उनीहरूको पहिले नै अनिश्चित अवस्था र सीमित सहयोग नेटवर्क थियो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार इरान विश्वकै सबैभन्दा धेरै आप्रबासीहरूलाई शरण दिएको देश हो र लाखौँ अफगानी र लाखौँ इराकीसहित ठूलो आप्रवासी जनसङ्ख्या यहाँ रहेको छ ।
आइओएमद्वारा उद्धार सहायताको लागि मुख्य अवरोध ‘संसाधनहरू’ भएको जोनले बताए ।
उनले भने, “यदि हामीसँग स्रोत छ भने हामी आप्रवासीहरूको स्वदेश फिर्ती र उद्धारको सहजीकरण गर्न सक्ने हाम्रो क्षमतामा विश्वस्त छौँं।”
आइओएमले युद्धका कारण अत्यधिक प्रभावित लेबनानका केही दूतावासहरूले आफ्ना नागरिकलाई उद्धार गर्न मद्दत मागेको बताएको छ।
द्वन्द्वले लेबनानमा ठूलो प्रभाव पारेको छ । अधिकारीहरूले इजरायली आक्रमणबाट अहिलेसम्म ६८७ जनाको मृत्यु भएको रिपोर्ट गरेका छन् भने आठ लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन्।
लुसियानोले भने, “आइओएमले अनुमान गरे अनुसार लेबनानमा बस्ने लगभग दुई लाखमध्ये कम्तिमा ३० हजार आप्रवासी त्यहाँबाट विस्थापित भएका छन् ।”
युएनएचसिआरका अनुसार इरान युद्धपछि लेबनानमा बसोबास गर्ने ९४ हजारभन्दा बढी सिरियालीहरू र १० हजार लेबनानी नागरिक सिरिया प्रवेश गरेका छन् ।
