धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ । जिल्ला कमिटी बैठकले गाँउपालिका उपाध्यक्ष राई साधारणसदस्य समेत नरहने गरी करबाही गरेको हो ।
लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको, पटक पटक सम्पर्कमा आउन ताकेता गर्दा पनि नमानेपछि कारबाही गरिएको एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले बताए । राईले प्रतिनिधिसभा निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको र अन्तर्घात गरेको पाइएको आङ्लाले जानकारी दिए । भीम राईको संयोजकत्वमा गठित छानबिन समितिले मुनालाई कारबाही सिफारिस गरेको थियो ।
