काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा भर्ना भएका निर्वाचन प्रहरीहरूको फागुन २८ गते बिदाइ गरिएको छ ।
गत फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सशस्त्र प्रहरी बल नेपालमा कुल १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो ।
उनीहरुलाई देशको विभिन्न निर्वाचन क्षेत्रहरूमा निर्वाचन अवधिभर सशस्त्र प्रहरी कर्मचारीहरूसँगै परिचालन गरिएको थियो । यसकासाथै सशस्त्र प्रहरी बलले निर्वाचन प्रहरीहरूको लागि निर्वाचन पश्चात् विपद् सम्बन्धी २ दिने अनुशिक्षण कार्यक्रम समेत सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरी बलले शुरु गरेको विपद् सूचक तयार गर्ने क्रममा निर्वाचन प्रहरीलाई समेत अनुशिक्षण दिएर आबद्ध गराएको हो ।






