काठमाडौँ । नेकपा एमाले केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका पूर्वमेयर कृष्ण थापाको हृदय घातका कारण निधन भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए ।
तत्काल उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनले शव मणिपाल अस्पतालमा राखिएको छ । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले हृदयघात हुनासाथ थापालाई पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।
उनी २०५४ सालमा भएको स्थानीय निर्वाचनमा थापा पोखराको मेयर निर्वाचित भएका थिए। त्यसपछि उनी २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उनलाई कास्की–२ को उम्मेदवार बनाइएकोमा विरोध भएपछि टिकट खोसेर पछि रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो ।
