सियोल । संयुक्त राज्य अमेरिकाले ‘टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स (थाड)’ नामक क्षेप्यास्त्र विरोधी प्रणालीको केही भाग दक्षिण कोरियाबाट मध्यपूर्वतर्फ सार्ने प्रयास गरिरहेको दुई अमेरिकी अधिकारीलाई उदृत गर्दै वासिङ्टन पोस्टले जनाएको छ ।
दक्षिण कोरियामा तैनाथ अमेरिकी सेनाले मध्यपूर्वमा युद्ध चर्किरहेका बेला थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका केही भागहरू बाहिर पठाएको समाचार सार्वजनिक भइरहेका बेला यो रिपोर्ट आएको हो । रिपोर्ट अनुसार पेन्टागनले थाडको केही भाग दक्षिण कोरियाबाट मध्यपूर्वमा सार्नेछ ।
उत्तर कोरियाको क्षेप्यास्त्र खतराको सामना गर्न थाडलाई दक्षिण कोरियामा तैनाथ गरिएको थियो ।
अमेरिकी सेना कोरियाको स्वामित्वमा रहेको सैन्य सम्पत्तिको सम्भावित स्थानान्तरणले उत्तर कोरियाविरुद्धको प्रतिरोधात्मक अवस्थालाई असर नगर्ने राष्ट्रपति ली जे म्युङले बुधबारको मन्त्रिपरिषद्को बैठकमा बताएका थिए ।
