काठमाडौँ । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से ह्वात्तै घटेको छ । बुधबार नेप्से ४६.७८ अंकले घट्दै २ हजार ७९६.५७ अंकमा झरेको छ । मंगलबार नेप्से ३२ अंकले घटेको थियो । आज नेप्से घटेसँगै कारोबारमा समेत उच्च गिरावट आएको छ । आज १३ अर्ब १८ करोड २ लाख रूपैयाँ बराबरको ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार २१ अर्ब २२ करोड रूपैयाँको किनबेच भएको थियो आज म्युचुअल फन्ड बाहेक अरु १२ वटा उपसूचक ऋणात्मक भएका छन् । जम्मा ३४ कम्पनीको शेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको अवस्था छ ।
