महावीर पुनलाई पोखराका मेयरको सुझावः सडक उभिएर होइन, पुस्तक व्यवसायीमार्फत पुस्तक बिक्री गर्नुस्

पोखर । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले आफ्नो अभियानका लागि सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयमा ध्यानाकर्षण गराएका छन् । मेयर आचार्यले सामाजिक संजालमार्फत मेयर आचार्यले सडकमा यसरी अनुमतिबिना पुस्तक बेच्दा ट्राफिक व्यवस्थापनमा असर परेको र कानुनविपरीत हुने भन्दै पुस्तक व्यवसायी महासंघमार्फत बिक्री गर्न सुझाव दिएका छन् ।

आचार्यले पुनको देश र समाजप्रतिको समर्पण, नवप्रवर्तन अभियान र सादगीपनको उच्च प्रशंसा गरेका छन्। तर, सम्मानित व्यक्तित्व सडकमा उभिएर किताब बेच्दा अनावश्यक सवाल–जवाफ हुने र त्यो उनको उचाइलाई नसुहाउने मेयरको भनाइ छ ।

उनले भनेका छन्, ‘आज तपाईं केवल महावीर पुन मात्र नभई देशले सम्मान गरेको एक आदरणीय व्यक्तित्व र सार्वजनिक नेतृत्वको स्थानमा हुनुहुन्छ। देशभर करिब १८ हजार पुस्तक व्यवसायी छन्, जो राज्यका विभिन्न निकायमा दर्ता भई लेखकहरूका पुस्तक बिक्री–वितरण गर्दै आएका छन् । यदि तपाईं पोखरा आउने समय दिनुहुन्छ भने, पुस्तक व्यवसायी महासंघमार्फत तपाईंलाई सहज र उपयुक्त स्थान उपलब्ध गराई पुस्तक बिक्री–वितरणमा सहयोग गर्न सकिनेछ। यसले तपाईंको अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिएका छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *