काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी सभापति गोपालमान श्रेष्ठलाई खुलापत्र लेखेका छन् । खुलापत्र लेख्दै श्रेष्ठले सबै मिलेर नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने यात्रामा अगाडि बढ्ने प्रतिज्ञा गरेका हुन् । निर्वाचनको नतिजा भन्दा पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण, र राजनीतिक अस्थिरताको अन्त्य नै मुख्य महत्व राख्ने भन्दै उनले देश फेरि लयमा फर्कन थालेको यस यात्रामा तपाईंको नेतृत्वले हामीलाई आशा र दिशानिर्देश दिएको उल्लेख गरेका छन् ।
यस्तो छ खुलापत्र
प्रिय गगन बाबु,
सम्पन्न संघीय संसदको निर्वाचनको परिणाम हाम्रो अपेक्षाअनुसार आउन सकेन। तर, हाम्रो लागि निर्वाचनको नतिजा भन्दा पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण, र राजनीतिक अस्थिरताको अन्त्य नै मुख्य महत्व राख्छ। देश फेरि लयमा फर्कन थालेको छ, र यस यात्रामा तपाईंको नेतृत्वले हामीलाई आशा र दिशानिर्देश दिएको छ।
यस निर्वाचनले नेपाली कांग्रेसलाई समयसापेक्ष बन्ने, युवाहरूको आकांक्षा आत्मसात गर्ने र संगठनात्मक रुपान्तरण गर्ने गहिरो सन्देश दिएको छ। यो नेतृत्वको असफलता मात्र होइन, जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रुपान्तरण गर्न नसकिएको चेतावनी पनि हो । अब निर्वाचनको सिकाइलाई आत्मसात गर्दै वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला र केन्द्रसम्म संगठन सुदृढीकरण गर्ने संकल्पका साथ अघि बढ्नु अपरिहार्य छ।
गगन बाबु, तपाईंले देखाएको साहस, दृष्टि, र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझै दृढ बनाएको छ। यस कठिन घडीमा राजनीमा ल्याउनु वा राजीनामा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन। बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईंलाई साथ दिनु आवश्यक छ। तपाईंको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ आशा, र नयाँ रुपान्तरणको बाटो देखिरहेका छौं। यस संकटको घडीमा तपाईंलाई पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै, हामी सबै मिलेर नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने यात्रामा अगाडि बढ्ने प्रतिज्ञा गर्दछौं।
जय नेपाल।– गोपालमान श्रेष्ठ, नेता, नेपाली कांग्रेस
