काठमाडौँ । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले प्रतिनिधिसभा निर्वाचनमा पाएको सफलताका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहलाई बधाई दिएका छन् ।
मंगलबार सामाजिक संजालमार्फत प्रधानमन्त्री तोब्गेले निर्वाचनमा सफलता प्राप्त गरेकोमा बधाई दिएका छन् । साथै सन्देशमा दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउँदै लैजाने अपेक्षा व्यक्त गरिएको छ ।
प्रधानमन्त्रीले सन्देशमा नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास समेत व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘नेपालको आम निर्वाचनमा ऐतिहासिक विजय हासिल गर्नुभएकोमा बालेन साह र रवि लामिछानेलाई हार्दिक बधाई । सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा नेपाली जनतालाई पनि बधाई दिन चाहन्छु । हाम्रो दुई देशबीचको न्यानो मित्रतालाई अझ सुदृढ बनाउँदै लैजान म आतुर छु।’
यसअघि सोमबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रवि र बालेनलाई टेलिफोन गरी बधाई दिएका थिए ।
Congratulations to Mr. Balen Shah and Mr. Rabi Lamichhane on your landslide victory in Nepal’s general elections. I also congratulate the people of Nepal on the successful elections. I look forward to deepening the warm friendship between our two countries. @ShahBalen @hamrorabi
— Tshering Tobgay (@tsheringtobgay) March 10, 2026
