विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उनले ४०,८३३ मत प्राप्त गरे भने घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका छन् ।
