बाँके-१ र ३ मा रास्वपा, २ मा एमालेको अग्रता

बाँके । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । प्रारम्भिक विवरणअनुसार हालसम्म क्षेत्र नंं १ र ३ मा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् भने क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार अगाडि छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीका अनुसार क्षेत्र नं १ मा दश हजार ६३५ मत गणना गर्दा रास्वपाका सुरेश थारुले पाँच हजार ८५७, नेपाली कांग्रेसका नारायण गौडेलले २०४५, एमालेका सूर्य ढकालले एक हजार २७८ र नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डेले ६२३ मत प्राप्त गरेका छन् ।

बाँके क्षेत्र नं २ मा हालसम्मको परिणामअनुसार एमालेका मोहम्मद इस्तियाक राईले पाँच हजार २४४, नेपाली कांग्रेसका सुधांशु कोइरालाले चार हजार १०० र रास्वपाका विवेक श्रेष्ठले दुई हजार ५८० मत प्राप्त गरेका छन् ।

यसैगरी क्षेत्र नं ३ मा रास्वपाका खगेन्द्र सुनारले पाँच हजार २९७, एमालेका सुमन मल्लले दुई हजार ३४५ र नेपाली कांग्रेसका अमरसिंह पुनले एक हजार ७४१ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *