रवीन्द्र मिश्रले दिए रञ्जु दर्शनालाई बधाइ

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ मा पराजित राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रतिनिधिसभा सदस्यमा निर्वाचित रञ्जु दर्शनालाई बधाइ दिएका छन् ।

उनले दर्शनासँग पराजित भएपछि सामाजिक संजालमार्फत बधाइ दिँदै आफूले आशा गरेको व्यक्तित्वकोरुपमा चित्रित गरेका हुन् ।

उनले लेखेका छन्, ‘प्रिय रञ्जु दर्शनाजी, संभवतः मैले १०÷११ वर्षअघि तपाईँको यही फोटो भएको लेख शेयर गर्दै, तपाईंको प्रशंसा र तपाईँप्रति आशा व्यक्त गरेको थिएँ । आज पुनः त्यही फोटो प्रेषित गरेर तपाईँलाई बधाइ तथा शुभकामना दिन चाहन्छु । भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईँको इमान र दृढता सदा कायम रहोस् !’

काठमाडौँ १ बाट रञ्जु १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन् । नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरेका भने राप्रपाका मिश्रले ३ हजार ९७२ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *