पोखरामा घरघरबाट निस्कने फोहर सहकारीले किन्ने

पाेखरा । पोखरका घरघरबाट निस्कने फोहर सरकारीले किन्ने भएको छ । पोखरा महानगरपालिका १६ अर्मलामा रहेको ग्रिनभ्याली बहुद्देश्यीय सहरकारी संस्था लिमिटेडले स्थानीयवासीबाट फोहोर खरिद गर्ने भएको हो । स्थानीयवासीले फोन गर्न र आफ्नो घरमा भएको नहुकिने फोहर उक्त सहकारीलाई दिनसक्ने बताइएको छ ।

सहकारीका अध्यक्ष प्रकाश आचार्यले प्लास्टिकका सामग्री प्रतिकिलो ८ रुपियाँ, कागज प्रतिकेजी १० रुपियाँ, फलाम प्रतिकेजी, तामा प्रतिकेजी ४ सय रुपियाँ, वियरका बोत्तल प्रतिगोटा १ रुपियाँमा सहकारीले खरिद गर्ने जानकारी दिए ।

७५ जना सेयर सदस्यबाट १५ लाख रुपियाँ संकलन गरेर सुरु गरिएको फोहर संकलन केन्द्रको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले उद्घाटन गरेका थिए । मेयर जीसीले सरकारीको अभियानले पोखरालाई हराभरा बनाउन सहयोग मिल्ने बताए । नकुहिने फोहरका कारण नगरक्षेत्र दुर्गन्धित बन्दै गइरहेको बेला सहकारीले थालेको अभियानले सफा पोखरा निर्माणमा ठूलो मद्दत गर्ने मेयार जीसीले उल्लेख गरेको समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *