काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य हुने बताएका छन् । मतगणना जारी रहँदा रास्वपाको पक्षमा उभार आएको तर्फ संकेत गर्दै उपसभापति शर्मालेयस्तो बताएका हुन् ।
उनले यो परिणाम चर्को आशा अर्को निराशामा बदलिनु नहुने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मतदाताको फैसला स्वीकार्य छ ! ‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ’ब्यालेट‘बाट आउँदै गरेको रास्वपालाई स्वागत । ०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ । जय नेपाल ।’
