काठमाडौं । प्रतिनिधि सभा निर्वाचन-२०८२ को रुकुम पूर्व १ को मतगणना शुरू भएको छ । मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कम्युनिष्ट पार्टीका पुष्प कमल दाहाल ‘प्रचण्ड’ले शुरूवाती अग्रता लिएका छन् ।
ताजा अवस्थामा उनले १ हजार ५ सय १४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका लीलामणि गौतम ४ सय ३१ र नेपाली कांग्रेसकी कुसुम देवी थापा ४ सय १७ मतसहित क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का लखन कुमार थापाले १ सय ७६, प्रगतिशिल लोकतान्त्रिक पार्टीका सन्दीप पुनले ३५ र नेपाल कम्युनिस्ट पार्टी(माओवादी)का जुद्ध बहादुर बुढा मगरले १० मत प्राप्त गरेका छन् ।
विभिन्न स्थानको मतगणना चलिरहँदा रास्वपा ४१, नेकपा एमाले ३, नेपाली कांग्रेस ३, नेपाली कम्युनिस्ट पार्टी २ र श्रम संस्कृति पार्टीले एक ठाउँमा अग्रता लिएका छन् ।
