काठमाडौँ । चीनले नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, व्यवस्थित र सहज रूपमा सम्पन्न भएकोमा बधाइ दिएको छ ।
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सामाजिक सञ्जालमार्फत लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा नेपाली जनतालाई बधाइ तथा शुभकामना दिएका हुन् ।
उनले निर्वाचन सम्पन्न गर्न नेपाली अधिकारीहरू तथा जनताले गरेको प्रयास सराहनीय रहेको बताएका छन् । सन्देशमा नेपालमा स्थिरता, विकास र समृद्धिको कामना व्यक्त गर्दै नेपाली जनताको सुख, स्वास्थ्य र सफलताको पनि कामना गरिएको छ। साथै चीन सधैं नेपालसँगै रहने उल्लेख गरिएको छ।
