काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएकी छन् । बिहीबार साँझ बीबीसी नेपालीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले सत्ता हस्तान्तरणका लागि आफू आतुर रहेको बताएकी हुन् ।
उनले अब आउने सरकारसँग ‘जेनजीहरूको विकास, परिवर्तनको आशा र विकासको मार्गचित्र’ को आशा रहने बताइन् ।
प्रधानमन्त्रीले जेनजी आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन आफ्नै सरकारले बुझ्ने बताइन् ।
गत २३ र २४ भदौमा भएको जेनजीआन्दोलन क्रममा भएका घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको थियो । तेस्रो पटक थपिएको आयोगको म्याद २७ फागुनमा सकिँदैछ।
