काठमाडौँ । श्री इयरलाइन्सको जहाज बुधबार दिउँसो सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा ठूलो दुर्घटनाबाट जोगिएको छ । अवतरणका क्रममा विमानको बायाँ पछाडिको टायर पड्किएको थियो ।
विमानमा रहेका सबै यात्रुहरू सकुशल बाहिरिएका छन्। हाल विमान पार्किङ–वे मा राखेर मर्मतसम्भार भइरहेको छ । घटनापछि सुर्खेत–काठमाडौं निर्धारित उडान भने रद्द गरिएको छ।
