काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेटवार्ता गरेका छन् । मंगलबार दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले न्यायिक क्षेत्रमा सहकार्य र अनुभव आदान–प्रदान विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको राजदूत माओमिङले जानकारी दिएका छन् ।
