रास्वपाका धनुषा–१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धनुषा–१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ ।

साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएपछि उनको उम्मेदवारी खारेज भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् । कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी कालोसूचीमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *