दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ ।

आइतबार बिहान पक्राउ परेका प्रसाईँलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले पाँच दिन थुनामा राख्न अनुमति दिएको हो । प्रसाईँ आइतबार बिहान निवासबाट पक्राउ परेका थिए । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यसअघि पटक पटक पक्राउ परेका प्रसाईँ सर्वोच्चको आदेशमा फागुन १३ गते रिहा भएका थिए । आज उनी निर्वाचन बहिष्कार र उद्योग कलकारखाना बन्द गर्न आह्वान गरेपछि पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *