निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गराउन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना नभएको बताएको छ । निर्वाचनपूर्व ४२ जिल्लामा अनुगमन गरेको आयोगले आइतबार विज्ञप्ति जारी गरी उम्मेदवारहरुबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना नभएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आयोगले गरेको निर्वाचनपूर्वको अनुगमनको क्रममा उम्मेदवारहरुबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन नसकेको पाइएको छ । देशका विभिन्न भागमा र्याली तथा सभाहरुमा बालबालिका सहभागी हुनु, पत्रकारहरुमाथि धम्की तथा कुटपीट हुनु, आचारसंहिता विपरीत भौतिक रुपमा चुनाव चिन्हको प्रयोग हुुनु, विना अनुमति व्यक्तिका घरहरुमा प्रचार सामग्री र झण्डा टाँगिनु, स्थानीय निकाय तथा प्रदेश सरकारका पदाधिकारीहरु निर्वाचनको प्रचारप्रसारमा सहभागी हुनु, उम्मेदवारहरुले अनुमति विना बढी सवारीसाधन प्रयोग गर्नु, मतदाताहरुलाई अनुचित प्रभाव पार्ने प्रयास गरिनु, दलका कार्यकर्ता र समर्थकहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी एक आपसमा गालीगलौज गर्नु, सीमान्तकृत समुदायमा पर्याप्त मतदाता शिक्षा पुग्न नसक्नु जस्ता तथ्यहरु पाइएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *