भ्रष्टाचार नियन्त्रणमा थालेको अभियानलाई निष्कर्षमा पुर्याउन हामी नै नेतृत्वमा पुग्नुपर्छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी नेपाल निर्माण गर्ने सङ्कल्प बोकेर आफ्नो पार्टी चुनावमा होमिएको बताएका छन् ।

रोल्पाको लिवाङमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न पार्टी चुनावमा होमिएकाले जनतालाई साथ दिन अपील गरे ।

‘समाजवादी नेपाल निर्माण गर्ने सङ्कल्पका साथ एकचोटि फेरि हामी मैदानमा उत्रिएका छौँ । आमनेपालीले एकपटक मत दिएर हामीलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास छ’, संयोजक दाहालले भने, ‘विगतमा आफ्नो नेतृत्वको सरकारले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणमा थालेको अभियानलाई निष्कर्षमा पुर्याउन पनि नेकपालाई विजयी गराउन आवश्यक छ ।’

हाल देखिएको राजनीतिक सङ्कटबाट मुलुक र जनतालाई मुक्त गर्ने शक्ति नेकपा मात्रै भएको जिकिर उनले राष्ट्रिय एकतालाई मबजुद पार्दै समृद्धिको यात्रामा अघि बढ्न अपरिहार्यता भएको बताए ।

नेकपाका नेता एवं रोल्पा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टी मुलुकको निर्णायक शक्ति बन्ने र जनअपेक्षा पूरा गर्ने बताए ।

मुलुकलाईं नेतृत्व दिन सक्ने नेता र एजेन्डा नेकपासँग मात्रै भएको दाबी गर्दै उनले राष्ट्रियताको रक्षा र समृद्धिको ढोका आफूहरूले मात्रै खोल्न सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *