इरानबाट ‘जतिसक्दो छिट्टै’ बाहिर निस्कन आफ्ना नागरिकलाई चीनको आग्रह

बेइजिङ । चीनले शुक्रबार आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो छिट्टै’ इरानबाट बाहिर निस्कन आग्रह गरेको छ।

चीनको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ, “अहिले इरानमा रहेका चिनियाँ नागरिकलाई सुरक्षा सावधानी अपनाउन र जतिसक्दो चाँडो सुरक्षित स्थानमा जान सल्लाह दिइएको छ ।”

सोही दिन संयुक्त राज्य अमेरिकाले इजरायलबाट दूतावासका गैर–आपतकालीन कर्मचारीहरूलाई इरान छोड्न स्झाब दिएको थियो । अमेरिकाले मध्यपूर्वमा दशकौँको सबैभन्दा शक्तिशाली सैन्य निर्माणलाई रोक्न दबाब दिएको र अन्यथा इरानमाथि आक्रमणको चेतावनी दिएको छ ।

इरान र अमेरिकाबीच ओमानको मध्यस्थतामा भएको वार्ताको एक दिनपछि अमेरिका र चीनले आफ्ना मुलुकका नागरिकलाई अति आवश्यक बाहेक त्यहाँ नबस्न अनुरोध गरेका छन् ।

वार्ता युद्ध रोक्नको लागि अन्तिम प्रयासको रूपमा हेरिएको छ । वार्तामा तेहरानले वाशिङ्गटनलाई सम्झौतामा पुग्न ‘अत्यधिक कडा माग’ छोड्नु पर्ने चेतावनी दिएको थियो ।

बेइजिङको विदेश मन्त्रालयले शुक्रबार आफ्ना नागरिकलाई ‘हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै तत्कालका लागि इरानको यात्रा नगर्न’ भनेको हो ।

इरान र छिमेकी मुलुकहरूमा रहेका चिनियाँ दूतावास र वाणिज्य दूतावासले व्यावसायिक उडान वा स्थलमार्गबाट स्थानान्तरण गर्न चाहने चिनियाँ नागरिकहरूलाई ‘आवश्यक सहयोग’ प्रदान गर्ने विदेश मन्त्रालयले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *