गगनको आग्रहः कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेला नक्कली शरणार्थीको कागज बनाएर मस्ती गर्नेलाई नपत्याउनु

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरुलाई नपत्याउन आग्रह गरेका छन् ।

बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले भने, ‘हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरु आज यहाँ आएर पाँच वर्षमा केही गर्छु भनेर नाटक गर्नेहरुलाई कर्णालीबासीले नपत्याओस् ।’

माओवादी द्वन्द्वका बेला रवि नेपाली नागरिकता त्यागेर अमेरिका बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *