संविधानमा संशोधनका लागि योगेश भट्टराईका पाँच एजेण्डा(भिडियो)

काठमाडौ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संविधान संशोधनका एजेण्डामाथि पनि छलफल गर्न मतदाताहरुसँग आग्रह गरेका छन् ।

सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी भट्टराईले संविधानमा संशोधन गर्नुपर्ने पाँच एजेण्डा प्रस्तुत गरेका हुन् ।

उनले स्थानीय तहको संख्या घटाउने र वडाको आकार बढाउनुपर्ने बताएका छन् । उनले स्थानीय तहको संख्या ७५३ बाट घटाएर पाँच सय मुनि झार्नुपर्ने प्रस्ताव गरेका छन् । त्यस्तै उनले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पाँच जना मन्त्री राख्नुपर्ने, प्रदेश सभा निर्वाचनमा समानुपातिक प्रणाली हटाउनुपर्ने प्रस्ताव गरेका छन् ।

त्यसैगरी उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन प्रणाली सच्याउनुपर्ने उल्लेख गरेका छन् । उनले संवैधानिक परिषदमा दलगत भागबण्डाका आधारमा हुने सिफारिस सच्याउन संविधानमै संशोधनको आवश्यकता रहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *