पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अधिकांश क्षेत्रको मौसम आज सफा रहने

काठमाडौँ। पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अधिकांश क्षेत्रको मौसम आज सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना छ । बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली हुने भएको हो ।

यस्तै राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

अहिले देशका केही पहाडी भू–भागमा आंशिक बदली रहि अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *