तान्जानियाका अधिकारकर्मीको केन्यामा अपहरणपछि उद्धार

नैरोबी । तान्जानियाका एक मानवअधिकारकर्मीलाई केन्यामा अपहरण गरी सीमा पार गर्नुअघि नै उद्धार गरिएको एम्नेस्टी इन्टरनेसनलले बताएको छ।

मानवअधिकारकर्मी मशाबाहा मशाबाहा हम्जा अक्टोबरमा भएको चुनावका क्रममा तान्जानियाली सुरक्षा बलले गरेको हिंसात्मक दमनको कट्टर आलोचकमध्ये एक मानिन्छन् ।

विपक्षी र अधिकारवादी समूहहरूका अनुसार इन्टरनेटसमेत अवरोध गरी गरेको सुरक्षा कारबाहीमा करिब दुई व्यक्तिको हत्या गरेको मानवअधिकारवादी समूहले जनाएका छन् । सरकारले अझै पनि दमनबारे सत्यतथ्य जानकारी गराउने गरी रिपोर्ट जारी गरेको छैन।

करिब चार वर्षदेखि केन्यामा निर्वासनमा रहेका हम्जालाई आइतबार तीन जनाले समातेर कारमा बाँधेर अपहरण गरी लाने क्रममा उनलाई उद्धार गरिएको एम्नेस्टीले जनाएको छ ।

अधिकारवादी समूहले हाम्जाले आफ्ना आक्रमणकारीहरूको प्रतिरोध गरेको र उनलाई राजधानी नैरोबीभन्दा करिब एक घण्टा बाहिर माचाकोस काउन्टीको लुकेन्यामा ‘लागुऔषध खुवाइएको र घाइते’ अवस्थामा फ्याँकिएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *