दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

दाङ । नेकपा एमालेको झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार दाङको तुलसीपुरस्थित वीरेन्द्र चोकमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी छ । रास्पवाका कार्यकर्ताले पार्टीको झण्डा जलाइएको भन्दै एमालेले प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *