सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल पाँच हजार ५० निर्धारण भएको छ ।

हिजो बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल पाँच हजार ६० कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९९२ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *