काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका प्रणय राणा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले राणालाई पार्टीमा स्वागत गरेका हुन् । यसअघि कांग्रेसमा रहेका राणा रास्वपामा प्रवेश गरेका थिए ।
तर रास्वपामा प्राइमरी इलेक्नसका नाममा आर्थिक चलखेल भएको भन्दै उनले केही दिनअघि पार्टी छाडेका थिए । कार्यक्रममा राणाले आफू घरबाट केही समय बाहिर गएर राजनीतिक अभ्यास सिकेर फेरि कांग्रेसमा फर्किएको बताए ।
