निर्वाचनले नेपालका सबै समस्याको समाधान दिँदैनः पूर्वराजा शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी निर्वाचनले नेपालका सबै समस्या समाधान गर्ननसक्ने बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार भिडियो सन्देश जारी गरी पूर्वराजा शाहले पहिले सबै पक्षबीच सहमति गरेरमात्र निर्वाचनमा जान उपयुक्त हुने बताएका हुन् ।

उनले नेपाल अहिले इतिहासकै सबैभन्दा दर्दनाम स्थितिमा रहेको उल्लेख गर्दै वर्तमान अवस्थामा चुनावले मात्र समाधान ननिस्कने बताएका हुन् । उनले भनेका छन्, ‘अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ ।’

उनले फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सार्न सरकारसँग परोक्ष रूपमा आग्रह गरेका छन् । उनले झापा बसाइपछि काठमाडौँ फर्कने क्रममा आफूलाई स्वागत गर्ने समूहप्रति धन्यवाद प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *