काठमाडौँ । काठमाडौंमा एक जना पैदलयात्रीलाई कुटपिट गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले मंगलबार नै ती व्यक्तिलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा बैतडी घर भई हाल काठमाडौंको बालुवाटार बस्ने ४२ वर्षका पारस बम छन् । गाडी रोकिएको समयमा एक जना पैदलयात्री बीच सडकमा हिँडेको अवस्थामा बमले कारबाट झरेर उनीमाथि कुटपिट गरेका थिए।
