रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन जिल्ला अदालत कास्कीद्वारा अस्वीकार

पोखरा । जिल्ला अदालत कास्कीले पनि रास्वपाका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अस्वीकार गरेको छ ।

सोमबार जिल्ला न्यायाधीश नितिश राईको इजलासले रविविरूद्धको मुद्दा तत्काल फिर्ता नलिने आदेश गरेको हो । इजलासले महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेको इजलास अधिकृत गुरूदेव आचार्यले जानकारी दिएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयले रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । रविविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थियो ।

यसअघि जिल्ला अदालत रुपन्देहीले पनि रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नलिने र सर्वोच्चको आदेशपछि मात्र मुद्दा पेश गर्न आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *